Harsamaya
हारको जिम्मेवारी लिँदै गगन थापाको राजीनामा
कांग्रेस सभापति गगन थापा ।

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिएका छन्। उनले नैतिक जिम्मेवारी लिँदै आफ्नो राजीनामा उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएका हुन्।

पार्टी स्रोतका अनुसार सभापति थापाले दिएको राजीनामाबारे ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा औपचारिक छलफल हुनेछ। राजीनामा दिने निर्णय सभापतिको भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने अधिकार भने केन्द्रीय कार्यसमितिको हुने बताइएको छ।

पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

तर उक्त महाधिवेशनको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन अहिले पनि विचाराधीन छ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update