Harsamaya
इरानले गरेको आक्रमणमा परि एक नेपालीको मृत्यु
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं- इरानले गरेको आक्रमणमा परेर यूएईमा  एक नेपालीको मृत्यु छ । यूएईको रक्षा मन्त्रालयका अनुसार इरानको मिसाइल आक्रमणबाट एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थप एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन् । मन्त्रालयले मृतकको पहिचान भने खुलाएको छैन । आक्रमण शुरू भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको भने मन्त्रालयले पुष्टि गरेको छ छ ।

आक्रमणमा परेर अन्य ५८ जना सामान्य घाइते भएका यूएईको रक्षा मन्त्रालयले जनाएको छ । अमेरिका र इजरायलले हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ ।

मन्त्रालयका अनुसार सुरक्षा निकायहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चालिरहेका छन् । यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्यूजका अनुसार हाल देशको अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update