Harsamaya

एजेन्सी - जलालाबादमा शनिबार एक पाकिस्तानी लडाकू जेट खसालिएको र त्यसका पाइलटलाई जीवितै पक्राउ गरिएको अफगानिस्तानका सुरक्षा निकायहरूले जनाएका छन्।

अफगान सुरक्षा अधिकारीहरूका अनुसार सहरको प्रशासनिक क्षेत्र नम्बर ६ माथि उडिरहेको जेटलाई गोली हानी खसालिएको हो । घटनापछि पाइलटलाई नियन्त्रणमा लिइएको बताइएको छ। घटनास्थल आसपास सुरक्षा कडा पारिएको छ।

यसबारे प्रतिक्रिया माग्दा पाकिस्तानले तत्काल कुनै टिप्पणी दिएको छैन। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीका कारण दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update