Harsamaya
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

पर्सा - सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ । 

संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक  बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए । 

गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए ।

सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update