Harsamaya
गाजाका सर्वसाधारणमाथि इजरायलको दुर्व्यवहार 
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

एजेन्सी -संयुक्त राष्ट्रसंघले गाजामा सर्वसाधारणलाई लक्षित इजरायली आक्रमण र फर्किरहेका प्यालेस्टिनीमाथि दुर्व्यवहारका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

यूएनका अनुसार आवासीय क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी छ भने शरणार्थीका लागि प्रयोग हुँदै आएको अन्तिम विद्यालयसमेत ध्वस्त पारिएको छ। फर्किने प्यालेस्टिनीमाथि हतकडी, आँखामा पट्टी, अपमानजनक जाँच र लुटपाट भएको विवरण मानव अधिकार कार्यालयले सार्वजनिक गरेको छ।

मानवीय सहायता अभियानहरू पनि अवरुद्ध भइरहेका छन्। प्रस्तावित ११ मध्ये ६ अभियान मात्र पूर्ण रूपमा सञ्चालन हुन सकेका छन्।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update