वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, एकको मृत्यु
वीरगञ्ज - वीरगञ्ज महानगर–१३ राधेमाईमा मोटरसाइकल पार्किङको विषयमा भएको झगडामा कुटपिट हुँदा ६५ वर्षीय केपी चन्द राउत बरईको मृत्यु भएको छ।
गम्भीर घाइते बरईको उपचारका क्रममा तराई अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
घटनामा संलग्न आरोपमा ३२ वर्षीय अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

