Harsamaya
गोली हानी अभियुक्त समातियो, ६५ तोला सुन बरामद
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं - काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।  

प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए । 

उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update