Harsamaya
बारामा आमाछोराको निर्मम हत्या, तीन जना घाइते

बारा - बारामा  आमा छोराको निर्मम हत्या भएको छ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले आज बिहान ३ बजेतिर धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

मण्डल थरका परिवारका ५२ वर्षीय आमा र उनका ३२ वर्षीय छोराको हत्या भएको बताइएको छ । बारा प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन् र उनीहरूको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update