Harsamaya
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला ।

काठमाडौं - विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ । 

वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् । विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएका थियो । 

समितिमा प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् । दुई वार्ता समितिबीच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सात बुँदे माग राखेका छन् । उनीहरूले प्रतिनिधिसभाका टिकटमा हस्ताक्षर कार्यावाह सभापति पूर्णबहादुर खड्काको हुनुपर्ने, पार्टीका हरेक निकायमा ४० प्रतिशत भाग पाउनुपर्ने, निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने लगायत छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update