गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
कैलाली - कैलालीको तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई मरेपछी स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए ।
मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन पाण्डेले बताए ।” पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे । पशुकल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, पुस १९, २०८२ १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

