Harsamaya
पुष १८ : बुद्ध एयरको विमान दुर्घटना देखि बैशाखमा कांग्रेसको महाधिवेशन सम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् । उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।’

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

कांग्रेसले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने:  नेपाली कांग्रेसले १५औं महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गते गर्ने भएको छ ।शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्ताव कार्यसम्पादन समितिले पारित गरेको हो ।

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना: झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना भएको छ। झापा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले दिएको जानकारी अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर गएको छ। अहिले यात्रुहरूलाई सुरक्षित अवतरण गराइएको र मानविय क्षति भने नभएको पोखरेलले जानकारी दिए। विमानमा क्रु मेम्बर सहित ५५ जना सवार रहेको बुझिएको छ। उनीहरू सबैको सकुसल उद्दार भएको छ।

सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको वर्ष बन्नुपर्छ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् । नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको बताए ।

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग: न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ । समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आदेश: सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा सो आदेश दिएको हो ।

सुनचाँदीको मूल्यमा बढ्यो: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update