Harsamaya
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना 
जहाज दुर्घटना

काठमाडौं- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना भएको छ। 

झापा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले दिएको जानकारी अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर गएको छ।

अहिले यात्रुहरूलाई सुरक्षित अवतरण गराइएको र मानविय क्षति भने नभएको पोखरेलले जानकारी दिए। विमानमा क्रु मेम्बर सहित ५५ जना सवार रहेको बुझिएको छ। उनीहरू सबैको सकुसल उद्दार भएको छ। 

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले शुक्रवार राति ९ बजेर ६ मिनेटमा काठमाडौंबाट उडेको बुद्ध एयरको विमान ल्यान्ड गर्दा ओभररन भएर रनवेभन्दा बाहिर गएको लोकान्तरलाई जानकारी दिए । 

शेर्पाले विमानमा क्षति भएको जानकारी दिए । 'जहाज ल्यान्ड गर्दा धावन मार्गमा बिस्तारै गुड्नुपर्नेमा अलि बढी गतिले हुत्तिएको कारण जहाज चिप्लिएर धावन मार्गबाट घाँसे मैदानतर्फ पुगेको हो' शेर्पाले भने । 

बुद्ध एयरले पनि सामाजिक सञ्जालमा लेख्दै काठमाडौंबाट भद्रपुर उडान संख्या 901 जहाज 9N-AMF भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट बाहिरिएको जानकारी गराएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update