Harsamaya
 कांग्रेसले १५औं महाधिवेशन आगामी वैशाखमा गर्ने
काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले १५औं महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गते गर्ने भएको छ । 

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । सो प्रस्ताव कार्यसम्पादन समितिले पारित गरेको हो ।

यसअघि पुस २६ र २७ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका आएको थियो । सो बमोजिम महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न हल बुक गरिसकेका छन् । 

उनीहरूले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै भृकुटीमण्डपमा हल बूक समेत गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update