मकवानपुरमा ३० बिघामा लगाएको गाँजा फडानी
बागमती - मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो ।
अभियानका क्रममा राक्सिराङ गाउँपालिका–१, ६, ७ र ८ तथा कैलाश गाउँपालिका–१, २, ३, ५, ६ र ९ का विभिन्न स्थानमा गरिएको गाँजा र अफिमखेती फडानी गरी नष्ट गरिएको हो ।
गाँजा फडानी अभियानलाई निरन्तरता दिइने छ ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२ ०९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

