Harsamaya
करिब ३३० किलो गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्विर: हर समय/Har Samaya

मोरङ - जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update