Harsamaya
७५० केजी गाँजासहित दुई जना पक्राउ
सांकेतिक तस्विर: हर समय/Har Samaya

उदयपुर - उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । 

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । 

 गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update