सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
काठमाडौं- २४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका-७ पिपराका २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका छन् ।
उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।
२४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ २०:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

