‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
वीरगञ्ज - एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर–१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मङ्गलबार बरामद भएको हो ।
भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

