एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतदान हुने
काठमाडौं - नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ । मंगलबार नै मतदान गर्ने कार्य तालिका रहे पनि प्राविधिक समस्याका कारण आज मात्र मतदान हुन लागेको हो । निर्वाचन आयोगले तयार पारेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान बुधबारका लागि सारिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
महासचिव पोखरेलका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लाग्ने भएपछि आयोगको निर्देशनअनुसार मतदान एक दिनका लागि स्थगित गर्नुपरेको उनले स्पष्ट पारे।
नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्व (अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

