Harsamaya
भारतीय दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
भारतीय रुपैयाँ ५०० ।

काठमाडौं - भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ ।

सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update