Harsamaya
 गाजामा ग्यास अभाव 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - अक्टोबरदेखि गाजा पट्टीमा लागू भएको इजरायल–हमास युद्धविरामपछि ग्यास आपूर्तिमा तीव्र कमी आएको छ । हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार निर्धारित ग्यास आपूर्तिको केवल १६ प्रतिशत मात्र गाजामा प्रवेश गर्न पाएको छ ।

सम्झौता अनुसार गाजामा ६६० ग्यास ट्यांकर प्रवेश गर्ने तालिका बनाइएको थियो । तर अहिलेसम्म १०४ ट्यांकर मात्र भित्रिएको सरकारी कार्यालयले जनाएको छ, जुन कुल आपूर्तिको लगभग १६ प्रतिशत हो ।

कार्यालयका अनुसार गाजामा ग्यास वितरण दर्ता भएका घरधुरीको आधारमा गरिन्छ । हालसम्म करिब २ लाख ५२ हजार घरधुरीले मात्र आफ्नो भागको ग्यास पाएका छन्, जबकि लक्ष्य ४ लाख ७० हजार घरधुरी लाई आपूर्ति पुग्ने रहेको छ । यसले थुप्रै परिवार अझै पनि ग्यास अभावमा बस्न बाध्य भएको जनाइएको छ ।

ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update