Harsamaya
गोवाको नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु

भारत - भारतको  गोवास्थित एक  नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।  शनिबार मध्यराततिर तटीय क्षेत्रको सबैभन्दा लोकप्रिय समुद्र तटमध्ये एक बागामा रहेको ‘बर्च बाई रोमियो लेन’ क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागि भएको  प्रहरीको विश्वास छ ।

स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। 

गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। अधिकांश शवहरू भान्सा वरपर फेला परेकाले पीडितहरू क्लबका कर्मचारी रहेको हुनसक्ने जनाइएको छ । मुख्यमन्त्री प्रमोद सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले 'तीन वा चार' पर्यटकहरूको मृत्यु भएको जानकारी दिए, जसको उमेर र राष्ट्रियता अझै खुल्न सकेको छैन। 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update