मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो ।
गैर संवैधानिक ढङ्गले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेस गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२ २०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

