मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो हुँदैन । सानो पेशाबाटै ठूलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् । व्यक्तिको सफलता, उसको इच्छाशक्ति र कर्ममा भर पर्छ । कर्म र इच्छाशक्तिले व्यक्तिको जीवन बदल्छ । जसबाट नयाँ उर्जा, उत्साह प्राप्त हुन्छ । हरेक सीप, अनुभव र योग्यता बटुल्ने काम व्यक्तिको इच्छाशक्तिले गर्छ । इच्छाशक्तिले व्यक्तिको जीवनमा नौलो परिवर्तन ल्याउन मद्दत गर्छ ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सर्यो कांग्रेस बैठकः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार साँझ विज्ञप्ती जारी गर्दै बैठक सरेको जानकारी दिए । पौडेलका अनुसार आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सारिएको हो । विज्ञप्तीमार्फत उनले बैठक सोमबार दिउँसो २ बजे बस्नेगरी सारिएको जाकारी दिए । नेपाली कांग्रेसमा विशेष वा नियमित महाधिवेशन भन्ने रस्साकस्सी छ ।
प्रधानमन्त्रीसँग राप्रपाको भेटःराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ। शनिबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्रीसमक्ष पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा राप्रपाले मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल जेनजी लगायतका पक्षहरूबीच नवीन समझदारीको प्रस्ताव अघि सारेको हो।
एमालेको प्रतिनिधि छनोटः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए । ‘धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्’, उनले भने, ‘केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।’ उनले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताए ।
सुदूरपश्चिम प्लेअफमा प्रवेशः नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ । लिग चरणमा २ खेल खेल्नु अगावै सुदूरपश्चिमले शीर्ष चारमा आफ्नो स्थान पक्का गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम एनपीएल दोस्रो सिजनमा प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको हो ।
मुस्लिम समुदाय आक्रोशितः केही दिन अघि प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायका बारेमा दिएको टिप्पणीले मुस्लिम समुदायहरु आक्रोशित भएका छन् ।जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुस्लिम अगुवा मुफ्ती मो. उस्मान बरकाती काजिए नेपालले आपति जनाएका छन् । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले धर्म अनुसार कुनै समुदायलाई अपहेलित गर्नु गलत रहेकाले आफ्नो अभिव्यक्ति सच्याएर माफी माग्नुपर्ने उनले बताए । प्रधानमन्त्री कार्कीले इस्लामिक कानुन विपरीत दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो ।
पेट्रोलियम पदार्थ आयातः चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व संकलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा दुई अर्ब ९३ करोडले बढी हो । जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व संकलन भएको छ ।

