Harsamaya
सिराहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ

सिराहा - सिराहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागू औषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

नियमित चेकजाँचका क्रममा शङ्का लागेपछि प्रहरीले उनीहरूको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update