काठमाडौं - भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ । क्षतिको अनुमानित विवरणसहित अदालतहरूले अपराधीमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा जाहेरी दिएका छन् ।
अदालतका चारपांग्रे एसी गाडी १२९ वटा जल्दा एक अर्ब २३ करोडबराबरको क्षति भएको छ । एक हजार ४९२ कम्प्युटर, ६३५ ल्यापटप, ८५४ थान प्रिन्टर तथा भिडियो कन्फरेन्स सेट ८६ वटा जलेको छ । यससँगै उच्च अदालतसम्म भिडियो कन्फरेन्समार्फत बहस गर्न पाउने सुविधा सञ्चालनका लागि कुर्नुपर्ने अवस्था बनेको छ ।
सर्वोच्चसहित १० अदालतमा पूर्ण क्षति, नौवटामा आंशिक क्षति र चार अदालत भनवमा समान्य क्षति भएको छ । सर्वोच्चका चालु मुद्दाका २० हजार मिसिल जले । एक लाख ९७ हजार अभिलेख जलेर नष्ट भएका छन् ।
सर्वोच्चले खरिद गरेर खोल्दै नखोलिएका १३२ ल्यापटप जलेका छन् । अहिले आएको विवरण भवनहरूको ह्रासकट्टीसहितको मूल्यांकन हो ।

