Harsamaya
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक ।

काठमाडौं - नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।

जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update