Harsamaya
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान 
इजरायलमा बन्दी प्यालेष्टाइनी नेता।

एजेन्सी - हमासले गाजामा युद्धविराम सम्झौता अन्तर्गत इजरायलले रिहा गर्न लागेका कैदीहरूको सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरू पनि समावेश हुनुपर्ने अडान जारी राखेको वार्तामा मध्यस्थ स्रोतले आइतबार एएफपीलाई बताएको छ।

विवरणलाई दोस्रो स्रोतले पुष्टि गर्दै भन्यो, ‘हमासले अन्तिम सूचीमा सात वरिष्ठ नेताहरू खासगरी मारवान बरघोटी, अहमद सादत, इब्राहिम हामेद र अब्बास अल–सैयदलाई समावेश गर्न जोड दिइरहेको छ।’ 

पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने सबै तयारी पूरा गरिसकेका पनि बताएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update