Harsamaya
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या भएको छ ।

घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले राति नै प्रहरीकोमा आत्मासमर्पण गरेका थिए । 

उनीहरू बुढाको धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update