Harsamaya
धादिङमा छोराले गरे आमाको हत्या
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - धादिङमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । आइतबार राति त्रिपुरा सुन्दरी गाउँपालिका–५ थापा कटेरीका ३० वर्षीय यमबहादुर कँडेलले करिब ५५ वर्षीय आमा राममाया कँडेलको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख भेषराज रिजालका अनुसार उनले खुँडा प्रहार गरी आमा राममायाको टाउको छिनाएका थिए ।

छिमेकीलाई खुँडा देखाएर तर्साएर घरमै बसेका यमबहादुरलाई स्थानीय चौकी, सल्यानटार प्रहरी चौकी र जिल्लाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो 

। शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update