Harsamaya
५३७ किलो गाँजासहित एक जना पक्राउ
५ सय ३७ किलो लागू औषध गाँजा ।

विराटनगर - सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update