Harsamaya
राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्यो वार्ता टोली

काठमाडौं- जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारका प्रतिनिधिसँग छलफल गर्न सुदन गुरुङ सहितको वार्ता टोली गठन गरेको छ ।  जेनजीहरूको आज बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितको टोलीले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । तर वार्ता टोली गठन गरे पनि  छलफल कहिले गर्ने भन्ने मिति भने तय भइसकेको छैन ।

राष्ट्रपति र सरकारसँगको छलफलमा जेनजी सहिदका परिवारका केही सदस्य र घाइते प्रतिनिधि र तीनका प्रतिनिधि पनि सहभागी हुने जनाईएको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलन भएको थियो। उक्त आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ। 

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update