Harsamaya

सिन्धुपाल्चोक - युवा सेलो गायक तेज थिङ लामाले मौलिकता झल्किने खान्दोके सेलो गीत ‘कुरा सुन ज्यानलाई म भन्छु (नवलपुरे ठिठो)’ सार्वजनिक गरेका छन्।

थिङले आफ्नै नामको Tej Theeng Lama Official युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतमा तेज थिङ लामा र सुमिना लोको स्वर रहेको छ भने प्रेम योन्जन लामाले संगीत दिएका छन्। गीतका शब्द हिराकाजी लामाले लेखेका हुन्।

खान्दोके सेलोको मौलिक स्वाद र स्थानीय भाकालाई प्राथमिकता दिइएको गीतमा आगा लामाको एरेन्ज, निसल योन्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतको रेकर्डिङ मुच्छ्र्ना स्टुडियोमा गरिएको हो।

तेज थिङ लामा पछिल्लो समय सेलो संगीतमा फरक किसिमका गीत प्रस्तुत गर्दै आएका छन्। आफ्नै जिल्ला सिन्धुपाल्चोकमा प्रचलित मौलिक भाका खान्दोके सेलोलाई नयाँ पुस्तामाझ पुर्‍याउने र मौलिक सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले यो गीत प्रस्तुत गरिएको गायक थिङले बताएका छन्।

स्थानीय मौलिक भाका र संस्कृतिलाई संगीतमार्फत संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको उनको भनाइ छ। यही उद्देश्यअनुरूप ‘कुरा सुन ज्यानलाई म भन्छु’ गीत सार्वजनिक गरिएको हो।

गायक थिङले यसअघि नै ६ वटा तामाङ सेलो गीतमा आफ्नो स्वर दिइसकेका छन्। पछिल्लो गीतमार्फत पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै सिन्धुपाल्चोकको मौलिक सेलो भाका र सांस्कृतिक पहिचानलाई संगीतमार्फत उजागर गर्ने प्रयास गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update