रसुवामा पहिरोले ११ घरगोठमा क्षति, ६५ जना विस्थापित
रसुवा - रसुवाको उत्तरगया गाउँपालिका–१, तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
शुक्रबार राति करिब १० बजे काजुलाबाट आएको पहिरोले घर तथा गोठमा क्षति पुर्याएको हो। पहिरोका कारण ६५ जना विस्थापित भएका छन्।
पहिरोमा परी कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घरगोठ तथा पशुचौपायामा पूर्ण तथा आंशिक क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
पहिरोबाट विस्थापित परिवारको अवस्था र आवश्यक सहयोगबारे स्थानीय तह तथा सम्बन्धित निकायले समन्वय गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३ १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

