पहिरोमा परि २ बालिका बेपत्ता

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको बलेफी गाउँपालिका १ जलबिरेमा पहिरोमा परि २ जना बालिका बेपत्ता भएका छन् । आज दिउँसो ४:४५ बजे सिन्धुपाल्चोक बलेफी गा.पा. १ जल बिरे स्थित बलेफी ढाडे भित्री सडक खण्डमा चौतारा साँगाचोकगढी न.पा. २ भोटे फुल्पिङकी १७ वर्षीय फुलमाया लामा र उनकी ५ वर्षीय बहिनी मनमाया लामा पहिरोमा परि बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय जलिबरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जना टोली खटी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनीहरू सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ गोल्छे स्थित मामाघरमा पैदल जाँदै गर्दा सडकमाथि भिरबाट खसेको लेदो सहितको पहिरोमा परेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२ १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय