बाजुरा - बाजुरामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार बाजुरामा गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न प्रकृतिका ११८ वटा मुद्दा दर्ता भएका छन् भने चालू आर्थिक वर्षको ३ महिना असोज ७ गतेसम्म मात्रै विभिन्न प्रकृतिका ११ वटा मुद्दा दर्ता भएका छन्।
गत आर्थिक वर्षमा सबैभन्दा बढी भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जबरजस्ती करणी, अपहरण गरी जबरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक/एक मुद्दा दर्ता भएका छन्।
त्यस्तै अभद्र व्यवहारका १४, झुन्डी आत्महत्याका १३, जबरजस्ती करणीका ९, बहु–विवाहका र बैङ्किङ कसुरका ७,हातहतियार खरखजना, कुटकर ज्यानका ५,ज्यान मार्ने उद्योग,सवारी ज्यान,राष्ट्र सेवकलाई विरोध गर्न नहुनेका चार वटा मुद्दा दर्ता भएका छन्।
त्यस्तै कर्तव्य ज्यान,सवारीबाट भवितव्य,लागू औषध चरेस,चोरी,र अपराधिक उपद्रव गर्न नहुनेका तीन/तीन वटा र ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी उद्योगका २ गरेर जम्मा ११८ वटा विभिन्न घटनामा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को असोज ७ सम्म ११ वटा मुद्दा दर्ता भएका छन्।जसमा सवारी ज्यान र भवितव्य ज्यानका तीन/तीन वटा मुद्दा दर्ता भएको छन्। त्यस्तै लागू औषधका २, विष सेवन,बहुविवाह,र जबरजस्ती करणी उद्योगका एक÷एक गरेर ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्कमा देखाइएको छ ।
बाजुरामा पछिल्लो समय लागु औषध दुरुपयोग र अवैध कारोबार तीव्र गतिमा बढेको पाइएको छ । बालबालिकादेखि बुढा पाखाहरु दुर्वयसनका सिकार बन्दै गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक ईकवाल हवारीले बताए ।
उनका अनुसार, किशोर किशोरीहरू दुर्व्यसनमा फस्दा समाज समेत प्रभावित बन्दै गएको बताएका छन्। १६ देखि ३० वर्ष उमेर समूहका युवायुवती बढी मात्रामा लागु औषध दुरुपयोग र अवैध कारोबारमा लाग्ने गरेको उनको भनाइ छ ।
बिशेषत सदरमुकाम मार्तडी र बुढीगंगाको बाम्का, डाब, बेतालमाण्डौ क्षेत्रमा लागु औषध दुर्व्यसनीका घटना बढी हुने गरेको छन्।

