Harsamaya
बाजुरामा चरेस सहित एक जना युवक पक्राउ

बाजुरा - बाजुरामा चरेस सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीय वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

उनका अनुसार, युवक झन्डै साढे एक किलो चरेस सहित पक्राउ परेका हुन्। बडी मालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।

सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।   

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update