‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर

काठमाडौं - जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी)को तस्बिर र ब्यानर पुनः राखिएको छ ।
भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पुर्याएका थिए । उक्त घटनापछि पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् । उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय