संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै

काठमाडौं - सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः १५ बजे बस्ने गरी निर्धारण भएको छ।
समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ।
सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो। सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ ०७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय