Harsamaya
सुनको तोलाको दुई लाख नजिक 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ । 

सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो । 

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update