Harsamaya
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित
राज्य व्यवस्था तथा सुशासन समिति सभापति ईश्वरी न्यौपाने।

काठमाडौं - नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विरोध निर्वाचित भएकी छिन् ।

सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update