Harsamaya
हर समय
हर समय
ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि
ब्राजिलमा सन् २०२४ मा डढेलो क्षेत्रमा ७९ प्रतिशतले वृद्धि ब्राजिलमा गत वर्ष लागेको डढेलोले इटालीको सम्पूर्ण क्षेत्रभन्दा ठूलो क्षेत्र ओगटेको बुधबार सार्वजनिक भएको एक अनुगमन रिपोर्टमा उल्लेख गरिएको छ। सन् २०२४ मा ब्राजिलमा करिब तीन करोड आठ लाख हेक्टर (एक लाख १९ हजार वर्ग माइल) वनस्पति जलाइएको थियो, जुन सन् २०२३ को तुलनामा ७९ प्रतिशतले बढी हो।
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ । मारिएका सबै तरकारी विक्रेताहरू थिए, जो आफ्नो उत्पादन नजिकैको थोक बजारमा बेच्न गएका थिए ।
अफ्रिकी सुन खनिकको व्यथा
अफ्रिकी सुन खनिकको व्यथा सयौं फसेका खनिकहरूका लागि नरकको प्वाल बनेको ‘स्टिलफन्टेन साफ्ट’ दक्षिण अफ्रिकाका सुन निकाल्ने कम्पनीहरूले छोडेका ६ हजारमध्ये एउटामात्र हो । उन्नाइसौं शताब्दीमा सुनको दौडको केन्द्रबिन्दु रहेको स्टिलफन्टेन सुन खानी विशाल विटवाटरस्रान्ड क्षेत्रमा अवस्थित छ ।
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् । राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् ।
चार जनाको शव फेला
चार जनाको शव फेला  देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।  
होजोन अटो (नेटाले) प्राप्त गर्‍यो ८१८ मिलियन अमेरिकी डलर लगानी
होजोन अटो (नेटाले) प्राप्त गर्‍यो ८१८ मिलियन अमेरिकी डलर लगानी चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरु गरेको हो । 
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता आगामी शनिबार नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुने राइट टु प्रोटिन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। यही माघ १२ गते हुने उक्त दौड प्रतियोगितामा खुला महिला तथा पुरुष हाफ म्याराथन, १० किलोमिटर पुरुष, पाँच किमि महिला, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमि (छात्र) र तीन किमी (छात्रा), फरक क्षमता भएका...
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ
मकवानपुरमा ८१ किलो अवैध गाँजासहित युवक पक्राउ मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले ८१ किलो अवैध लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले राति करिब ९ बजेतिर सवारी साधन चेकजाँच गर्ने क्रममा बा.प्र.०६–००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागि रोकेको थियो।
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ । शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको छ । 
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।  आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे । 
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्। नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।
सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ ।  चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।
Weather Update