Harsamaya
हर समय
हर समय
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको सङ्ख्याले पैदल यात्रुसहित अन्य वाहनहरूलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक बस्न लागेको हो । 
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता
नयाँ नेतृत्व चयनको लागि एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यस लगत्तै बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारहरूको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ
सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ लाल बन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुईँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाई छिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
उकालो लाग्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
उकालो लाग्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम
नेपालमा पश्चिम वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
मंसिर २८ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २८ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ
विवरणहरू हेरफेर गरी राष्ट्रिय परिचयपत्र 'एप्रुभ' गर्ने २ जना पक्राउ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गतकाे कसूरमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेकाे छ ।
पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ । विशेष अदालतले गत भदौ १६ गते गरेको फैसला ‘त्रुटिपूर्ण’ भएको जिकिरसहित सर्वाेच्च अदालतमा पुनरावेदनमा गएको हो ।
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।
Weather Update