Harsamaya
‘बदलिँदो विश्वका चुनौतीका लागि क्षेत्रीय सहकार्य अनिवार्य’
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठक ।

काठमाडौं - नेपालले बदलिँदो विश्वव्यापी चुनौती र अनिश्चितताको समयमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको जनाएको छ। 

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राईले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीचको सेतुको रूपमा सार्कको भूमिका महत्वपूर्ण रहेको बताए । 

सार्कका महासचिव गोलाम सरवारले चार दशकमा संगठनले हासिल गरेका उपलब्धि स्मरण गर्दै, क्षेत्रीय आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रम अनुमोदन गर्नेछ।

बैठकमा बंगलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update