दुई उत्तर कोरियाली सैनिक पक्राउ गरेको युक्रेनको दाबी
आइतबार, पुस २८, २०८१
राष्ट्रपति जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई कब्जामा लिएकोमा युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सिपाहीहरूप्रति आफू कृतज्ञ रहेकोसमेत बताएका छन् ।

‘अफ्रिकन स्वाइन फिभर’का कारण कैलालीमा ३८ बङ्गुर मरे
शनिबार, पुस २७, २०८१
‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ बङ्गुर मरेका छन् । घोडाघोडी– ९ का कृषक प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।

‘तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्यो’
शनिबार, पुस २७, २०८१
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उनले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने...

वडाको सिफारिसमा अनुदानको नुन वितरण
शनिबार, पुस २७, २०८१
साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ ।

संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
शनिबार, पुस २७, २०८१
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संघीय संसदमा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ ।

सरकार सर्वसत्तावादतर्फ उन्मुख - अध्यक्ष लिङ्देन
शनिबार, पुस २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् ।

कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते
शनिबार, पुस २७, २०८१
मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कार चालक हेटौँडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

एमालेले पार्टीबाट निकाल्दैमा भ्रष्टाचार,अन्याय र अत्याचारविरुद्धको लडाई कमजोर हुँदैन - भीम रावल
शनिबार, पुस २७, २०८१
नेकपा एमालेका पूर्व नेता भीम रावलले एमालेले पार्टीबाट निकाल्दैमा आफ्नो भ्रष्टाचार, अन्याय र अत्याचार विरुद्धको लडाई कमजोर नहुने बताएका छन् ।
साताको लोकप्रिय