Harsamaya
हर समय
हर समय
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुदैँछन ।
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउँ खादाँ हुने ७ फाइदा स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढंगले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर्जाले भरिपूर्ण र दिनभर तनावमुक्त राख्छ। साथै, यदि हामीले दैनिक राम्रो बानीहरू पालना गर्‍यौं भने हामी हाम्रो जीवनभर स्वस्थ रहन्छौं र रोगहरूबाट टाढा रहन्छौं।
जापानमा २७६ किलो माछाको २०७ मिलियन येनमा बिक्री !
जापानमा २७६ किलो माछाको २०७ मिलियन येनमा बिक्री ! टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ।  वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो। जसको चर्चा अझै बढीरहेको छ। माछा लगभग एक मोटरसाइकलको आकार अर्थात् २७६ किलोग्रामको थियो।
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ । 
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यससँगै सूचक २६१६.८८ विन्दुमा आएको छ । ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सुनको भाउ तोलामा १९ सयले बढ्यो
सुनको भाउ तोलामा १९ सयले बढ्यो नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाकाे खुलासा
घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाकाे खुलासा बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन् । 
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।  कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म
यस बर्ष धमका मचाउने यी हुन् ७ बलिउड फिल्म सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ । 
तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।
Weather Update