Harsamaya
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार मंगलबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update