कुकुर तिहार: वफादारी र सद्भावको प्रतीक पूजा (भिडियो सहित)
सोमबार, कात्तिक ३, २०८२
युधिष्ठिरले सम्पूर्ण पञ्च पाण्डव द्रौपदीसहित वैकुण्ठ जाँदै गर्दा अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले वैकुण्ठ पुगेको किंवदन्तीहरू पुराणहरूमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन
सोमबार, कात्तिक ३, २०८२
मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सोमबार, कात्तिक ३, २०८२
समितिका अनुसार आज गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा ठुलो (नेपाली) ४३ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो प्रतिकिलो ६४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको...
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु
सोमबार, कात्तिक ३, २०८२
त्यस क्रममा दुईजना 'ग्राउन्ड स्टाफ' समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइए अनुसार विमानमा चालक दलका चार सदस्य सवार थिए। उनीहरू जीवितै रहेको र अस्पताल लगिएको छ।
प्रधानमन्त्री कार्कीको शुभकामना सन्देश: नयाँ नेपालको उज्यालो भविष्यतर्फ एकजुट होऔँ (भिडियोसहित)
सोमबार, कात्तिक ३, २०८२
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
सोमबार, कात्तिक ३, २०८२
इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
सोमबार, कात्तिक ३, २०८२
वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
तपाईंको प्रेम, खुशी र धन प्राप्तिको अवस्था कस्तो छ ?
सोमबार, कात्तिक ३, २०८२
तेस्रो व्यक्तिको हस्तक्षेपले तपाईं र तपाईंको प्रिय बीच तनाउ सिर्जना गर्नेछ। तपाईंको आज सबै काममा राम्रो हात पर्न सक्छ। आज आफ्नो जोडीले तपाईंसँग बसेको विषयलाई लिएर केही नराम्रो कुरा भन्न सक्छन्।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक ३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
कात्तिक २ : दिनभर के के भए ?
आइतबार, कात्तिक २, २०८२
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ ।
जनकपुरधाममा धूमधामका साथ हनुमान जयन्ती मनाइँदै
आइतबार, कात्तिक २, २०८२
हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभा यात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।
महाकवि देवकोटा सङ्ग्रहालय मन्त्रालयलाई बुझाउनुपर्नेमा कुलपति राईको जोड
आइतबार, कात्तिक २, २०८२
आइतबार काठमाडौंमा आयोजित देवकोटाको ११७ औँ जन्म जयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा बोल्दै कुलपति राईले हाल नेपाल प्रज्ञा प्रतिष्ठानले ‘घुमाउरो तरिकाले’ देवकोटाको सङ्ग्रहालय सञ्चालन गरिरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।
सिडिएसको रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन परियोजना : २५ सय बढी युवालाई सिप प्रदान
आइतबार, कात्तिक २, २०८२
तालिम लिएका युवाहरूले ५२ वटा उद्यम सुरु गरेका र त्यसमा ६८ जना युवाहरू संलग्न रहेका उनले बताए । यसरी सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र लिएका युवाहरूले विदेश जाँदा पनि राम्रो तलब सहितको रोजगारी पाउने गरेका उनले बताए ।
साताको लोकप्रिय

