Harsamaya
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update