‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ (निर्णयसहित)
शनिबार, माघ ५, २०८१
बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय समन्वय परिषद्मा पठाउने निर्णय गरेको छ ।
राजधानी हेटौँडामा बिहीबारदेखि सुरू भएको उक्त बैठकले परिषद्मा पठाउने सात र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो ।

हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
शनिबार, माघ ५, २०८१
पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पिपलडाँडा देविस्थान माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
शनिबार, माघ ५, २०८१
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं १० अर्खौलेमा सञ्चालित सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित पाँचौँ संकरणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि मङ्गलटारले छ स्वर्ण, नौँ रजत र दुई काँस्य...

यु-१९ महिला टी-२० विश्वकप आजबाट: नेपाल बंगलादेशसँग ऐतिहासिक भिडन्त
शनिबार, माघ ५, २०८१
नेपालले आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको पहिलो खेल आज खेल्दैछ ।
नेपालले पहिलो खेल अर्थात् उद्घाटन खेलमा बंगलादेशसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्न लागेको हो । गत शनिबार प्रतियोगिताका लागि मलेसिया प्रस्थान गरेको नेपाली टोलीले आज बंगलादेशसँग पहिलो खेल खेल्न लागेको हो ।

दुई कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति
शनिबार, माघ ५, २०८१
लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ ।

ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली
शनिबार, माघ ५, २०८१
मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने
शनिबार, माघ ५, २०८१
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

आजको राशिफल: २०८१ माघ ५ गते
शनिबार, माघ ५, २०८१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज तर्क वितर्कमा समय नखेरि आफ्ना कमजोरीमा ध्यान दिनुहोस्। नयाँ कार्यमा लगानी नगर्नु उचित हुनेछ।

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको मूल्यमा वृद्धि
शनिबार, माघ ५, २०८१
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।

पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक
शुक्रबार, माघ ४, २०८१
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।

रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते
शुक्रबार, माघ ४, २०८१
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए। शाहीको घटनास्थलमै मृत्यु भएको हो।

इजरायली सैन्य कारबाही स्थगित गर्न संयुक्त राष्ट्र प्रमुखको आव्हान
शुक्रबार, माघ ४, २०८१
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार लेबनानमा इजरायली सैन्य अभियान रोक्न आव्हान गरेका छन् ।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेरेसले भने, 'इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लंघन हो ।

चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण
शुक्रबार, माघ ४, २०८१
चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ ।
पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो । उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो ।